Oct 28 2026 | २०८३ कार्तिक १२ गते

लक्ष्मी सनराईज बैंकको नाफा २.४८ प्रतिशत बढ्यो, कस्तो छ प्रतिसेयर आम्दानी ?

लक्ष्मी सनराईज बैंकको नाफा २.४८ प्रतिशत बढ्यो, कस्तो छ प्रतिसेयर आम्दानी ?

सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा लक्ष्मी सनराईज बैंकको नाफा २.४८ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

    बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ बढी नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको चैतसम्म १ अर्ब ६१ करोड नाफा गरेको थियो ।

    images

    बैंकको खुद ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्जमा भने गीरावट आएको छ । बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोडमा सिमित भएको छ ।

    ९ महिनामा बैंकको नाफा सामान्य बढ्दा बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ  रहेको छ जुन ३.१७ प्रतिशत लाभांश वितरण गर्न पर्याप्त छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार