Oct 28 2026 | २०८३ कार्तिक १२ गते

गरिमा विकास बैंकको नाफामा वृद्धि, कस्ता छन अन्य सुचकहरु ?

गरिमा विकास बैंकको नाफामा वृद्धि, कस्ता छन अन्य सुचकहरु ?

सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गरिमा विकास बैंकको खुद नाफा ७.३२ प्रतिशतले बढेर ७३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको अवधिमा बैंकले ६८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    बैंकको खुद ब्याज आम्दानी ६.०४ प्रतिशत र सञ्चालन नाफा ७.५२ प्रतिशतले वृद्धि भएको  छ । गत वर्ष २ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष बढेर २ अर्ब ६६ करोड पुगेको छ ।

    images

    बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ६८ करोड रुपैयाँ छ भने बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसाले बढेर १७ रुपैयाँ २२ पैसामा पुगेको छ ।

    प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा रहेको  छ । सञ्चालन नाफा ९७ करोड रुपैयाँबाट बढाएर १ अर्ब ४ करोड रुपैयाँमा पुगेको छ भने  बैंकको  खराब कर्जा २.९७ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत भएको छ 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार