Oct 30 2026 | २०८३ कार्तिक १४ गते

प्रदर्शन

आज बानेश्वरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

आज बानेश्वरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता/कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्।

    प्रदर्शनकारीले गृहमन्त्री राजीनामा दे, सरकार मुर्दावाद,  हाम्रा नेता रिहाई गर भन्दै नाराबाजी गरेका छन्।

    अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकारलाई कुण्ठित गर्ने काम सरकारले गरेकाले त्यसको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए।

    images

    लिङ्देनका अनुसार भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई सीमा तोक्नेको विरुद्धमा राप्रपाले प्रदर्शन गरेको छ। ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो ।’ उनले भने, ‘जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ।’

    पार्टीका नेताहरु पक्राउ परेपछि उनले निषेधित क्षेत्रमा प्रदर्शन गरेर आफूहरू सामूहिक रूपमा थुनामा जान तयार भएको सन्देश दिन खोजेको बताएका छन्।

    यता गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार निषेधित क्षेत्र तोड्ने भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शनिबार विज्ञप्ति जारी गरेर मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन खालका गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने जनाएको हो। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार