Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए विवाद

समयमै अधिवेशन गरेर जानु संस्थाको हितमा हुनेछ : शर्मा

समयमै अधिवेशन गरेर जानु संस्थाको हितमा हुनेछ : शर्मा

आइतवार, बैशाख ७ २०८२
  • काठमाडौँ । गैरआवासीय नेपाली सङ्घका अभियन्ता राजेन्द्रकुमार शर्मा (आरके) ले गैरआवासीय नेपाली सङ्घको समयमै अधिवेशन गरेर जानु संस्थाको हितमा हुने बताएका छन् । बागलुङ सेवा समाज कतारले आयोजना गरेको बहुउद्देश्यीय अक्षय कोषको प्रथम अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    दोहाको होलिडे भिल्ला होटेलमा भएको कार्यक्रममा बोल्दै शर्माले कहिले मृत्यु होला र श्रद्धाञ्जली दिउँला भन्दै बसेकाहरूलाई कुर्दै बस्नुभन्दा सर्वोच्च अदालतको परमादेशअनुसार समयमै अधिवेशन गैरआवासीय नेपाली सङ्घलाई जीवित बनाउनु पर्ने बताए । बद्री केसी समूहलाई मे ३, ४ र ५ मा हुने एकता अधिवेशनमा आउन आफूहरूले आग्रह गर्दागर्दै पनि एकता अधिवेशनमा सहभागी हुन नआएकोले उक्त समूहलाई कुर्दाकुर्दै समय घर्किएको बताए ।

    images

    उनले समय घर्किएपछि सर्वोच्चको परमादेशको अवहेलना हुने र भोलि तोकिएको समयमा अधिवेशन हुन् नसक्दा संस्था नै नरहने खतरा मोल्नु भन्दा एउटा खुट्टा काटेरै भए पनि एनआरएनएको शरीर बचाउन तोकिएको समयमै अधिवेशन गरि छाड्ने जिकिर गरे।

    विश्वभर छरिएर बसेका गैर आवासीय नेपाली सङ्घका पञ्जीकृत सदस्यहरूलाई डेलिगेट फारम भरी लोकतान्त्रिक विधिद्वारा हुने एकता महाधिवेशनमा सहभागी भई श्रमिकका मुद्दामा काम गर्न सक्ने नेतृत्व चयन गर्न पनि उनले आग्रह गरेका छन् ।

    #आरके शर्मा

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार