Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली जहाज कोरिया उडानमा वञ्चित गरिएकोबारे छानबिन गर्न सांसदको माग

नेपाली जहाज कोरिया उडानमा वञ्चित गरिएकोबारे छानबिन गर्न सांसदको माग

आइतवार, जेठ २० २०८१
  • काठमाडौं । प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले दक्षिण कोरिया उडानमा नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएको बारे छानबिन गर्न माग गरेका छन् ।

    आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले नेपाली विमानलाई रोक लगाउँदा नेपाली श्रमिकले चर्को भाडा तिर्नुपरेको भन्दै ध्यानाकर्षण गराएका हुन् । 

    images

    युरोपियन आकाशमा अझै पनि नेपाली वायुसेवाहरूलाई उडानमा रोक कायम रहेको बताए । नेपालको राम्रो उडान गन्तव्यको रूपमा रहेको दक्षिण कोरिया उडानमा वर्षौँदेखि नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएका कारण नेपाल एयरलाइन्सले घाटा बेहोर्नु परेको पनि उल्लेख गरे । 

    सांसद ढकालले भने, ‘कोरियन विमान नेपाल आउने तर नेपालको विमान कोरिया जान नपाउने विभेदको अवस्था किन भयो भन्ने प्रश्न अनुत्तरित छ । कोरियाबाट भारतको नयाँ दिल्लीका लागिभन्दा नेपालका लागि चर्को भाडादर राखिएको छ, जसको सिधा असर कोरियामा नेपालबाट रोजगारीमा जाने र फर्किने श्रमिकमाथि परेको छ ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार