Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार

कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार

शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरेर गोली प्रहार भएको छ ।

    चौधरीको निवासमा उनलाई नै लक्षित गरेर गएराति गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले बताए ।

    images

    गोली भित्तामा लागेको प्रहरीका भनाई छ । राति विद्युत् गएको समयमा चौधरीलाई शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएको हो ।

    घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको नायव उपरीक्षक अधिकारीले  बताए  । घटनाबारे थप अनुसन्धान अघि बढेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार