Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

विश्वभरका नेपाली सेफ काठमाडौँमा,  बैशाख ६ गते भृकुटीमण्डपमा फुड फेस्टिभल हुने

विश्वभरका नेपाली सेफ काठमाडौँमा,  बैशाख ६ गते भृकुटीमण्डपमा फुड फेस्टिभल हुने

बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौँ । विश्वभरका नेपाली सेफहरू काठमाडौँमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौँ आएका हुन् ।

    नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै सोसाइटीले वैशाख ६ गते भृकुटीमण्डपमा फुट फेस्टिभल गर्न लागेको हो । त्यसका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको सोसाइटीका संयोजक अरुण अधिकारीले जानकारी दिए । उनले कार्यक्रमलाई सेफहरूको कुम्भमेलाको रूपमा चित्रित गर्दै सोहीअनुसार विश्वभरबाट करिब ५०० हाराहारीका सेफहरू नेपाल आउने अपेक्षा गरिएको दाबी गरे ।

    images

    विश्वका विभिन्न चर्चित होटलहरुमा नेपाली सेफहरू कार्यरत रहेका छन् । आफ्नो पाककलाबाट आफूलाई अब्बल साबित भइसकेका उनीहरू यहाँ भेला भएर नेपालमा पाककलाको प्रवद्र्धनमा भूमिका खेल्ने बताइएको छ । फेस्टिभलअघि बिहीबार अन्तर कलेज कुकिङ कम्पिटिसन समेत गर्ने तय भएको छ । यस्तै ६ गतेको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुतिका साथै कुकहरूले आफ्नो कला कौशल प्रदान गर्नुका साथै विश्वभरका उत्कृष्ट नेपाली सेफहरूलाई अवार्ड समेत प्रदान गर्ने तय भएको छ ।

    संयोजक अधिकारीका अनुसार सोसाइटीको शाखा ३८ देशमा रहेको छ । जसमध्ये १६ वटा देशहरूमा कमिटी बनिसकेको र बाँकी देशहरूमा टिम विस्तारको काम भइरहेको छ । उनका अनुसार २०१८ मा सेफ सोसाइटी यूएईबाट सुरु भएको थियो ।

    नेपाली सेफ सोसाइटीका अध्यक्ष एलबी कौशलका अनुसार नेपालको कानुनअनुसार समेत सोसाइटी दर्तामा छ । अन्तर्राष्ट्रिय नाम राख्न नेपाली कानुनले नदिएकाले अहिले नेपाली सेफ सोसाइटीको नाममा संस्था दर्ता भएको बताए । अन्तर्राष्ट्रिय सेफ सोसाइटी या नेपाली सेफ सोसाइटी सबै एउटै अंग भएको बताए ।

    सोसाइटी पाककला क्षेत्रको विश्वव्यापी बजारीकरण गर्ने उद्देश्यले स्थापना गरिएका संस्था हो । हाल सम्म यसमा ३५ हजार भन्दा बढी नेपाली सेफहरू स्वदेश तथा विदेशमा कार्यरत रहेको दाबी गरिएको छ । यस्तै संस्थामा ५ हजार भन्दा बढी सेफहरू संस्थागत सदस्य छन् ।

    नेपालको पर्यटन प्रवर्द्धनका लागि आयोजित फुड फेस्टिभलबाट नेपाली सिस्नो र ढिँडोका साथै सबै नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । यस्तै नेपाली पर्यटन समेतको प्रवर्द्धन, नेपाली सेफहरूको सीप र क्षमताको प्रदर्शन, नेपाली कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

    फेस्टिभलमा ५० वटा स्टल, ४० वटा खानाका ५ वटा रैथाने बाली नालीको प्रदर्शन, ५ वटा पर्यटन जानकारी रहने छन् । खानाका स्टलमा विभिन्न जात जातिको खाना नेवारी, थारु, राई लिम्बु, थकाली, आदि रहने अधिकारीले बताए । यस्तै म:म:, चाउमिन, सेलरोटी, खिर, हलुवा, पूवा, सिस्रोको सुप, दाल, तरकारी, अचार, ढिंडो सेट, मही, दही, घिउ, मह, मिठाई, अकबरे खुर्सानी, फलफूल, आदिको स्टल पनि रहनेछ ।

    अधिकारीका अनुसार कार्यक्रमको उद्घाटन पर्यटन मन्त्री बद्री पाण्डेले गर्ने तय भएको छ 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार