Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सुनको मूल्य

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ९० हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ९० हजार नाघ्यो

आज सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो।

बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।

    अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।

    images

    महासंघका अनुसार अब १० ग्राम छापावाल सुनको मूल्य नै १ लाख ६३ हजार ४१० रुपैयाँ पर्ने भएको छ ।

    यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १९६० रुपैयाँ पुगेको हो। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार