Oct 30 2026 | २०८३ कार्तिक १४ गते

आईसीसी यू-१९ विश्वकपको एसिया छनोट

यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

हङकङ ९ विकेटले पराजित

बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ।

    बुधबार भएको तेस्रो खेलमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान नरेन भट्ट ३९ र शाहील पटेलले ४२ रनको अविजित इनिङ खेले ।

    images

    त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा समेटिएको थियो ।
    हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिएका थिए ।

    बिपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट झारेका थिए । ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाएका थिए ।

    नेपालले पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओमनलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले अन्तिम खेल अफगानिस्तानसंग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार