Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो

‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो

आइतवार, जेठ २० २०८१
  • काठमाडौं । काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।  

    ‘धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि  पार्किङ वेमा ल्याइयो,’ यात्री मञ्जु शाहीले भने, ‘नेल पलिसको गन्धका कारण  विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।’ यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ । विमानको ८ः२५ बजेको उडान तालिका थियो ।

    images

    विमानभित्र इन्धनको गन्ध आएको र  प्राविधिक परीक्षणका लागि  फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार