काठमाडौं । यूएईमा बुढासुब्बा कप हुने भएको छ । धरान हेल्पिङ ह्यान्ड्स्, धरान युनाइटेड फुटबल क्लबको आयोजना तथा यूएई नेपाली फुटबल संघको संयोजनमा आगामी २६ अप्रिलमा दुबईको खेल मैदानमा बुढासुब्बा कप फटबल प्रतियोगिता हुने भएको संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिए ।
गत वर्ष मात्र यूएईको सर्वाधिक राशीसहितको प्रतियोगिता सम्पन्न गरेको यस संस्थाले फेरि पनि अर्को ठुलो प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगितामा यूएईको २६ टिमको सहभागिता रहने आयोजकले बताएको छ।
यूएईमा रहेका नेपाली व्यवसायीहरूले सो प्रतियोगिताका लागि आर्थिक सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताए ।



