काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्ने तयारी गरेको छ । कार्यक्रमलाई मध्यनजर गर्दै त्यस अवधिभर आवश्यकताअनुसार सवारी साधनलाई ‘डाइभर्सन’ को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
बिहान १२ बजेबाट सुरु हुने भनिएको सभा सुरु हुनुअघि नै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्थापनासहितका माग राखेर मंगलबार राप्रपाले प्रदर्शन गर्न लागेको हो ।
भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको उक्त सभाका लागि प्रशासनले बल्खु क्षेत्र तोकेको छ । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।



