Oct 30 2026 | २०८३ कार्तिक १४ गते

एनआरएनए

घले पक्षीय एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा गुरुङ सर्वसम्मत

घले पक्षीय एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा गुरुङ सर्वसम्मत

सोमवार, चैत्र २५ २०८१
  • काठमाडौँ । डा शेष घलेले गराउने एकता महाधिवेशनलाई समर्थन गर्दै  गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा विपिन कुमार गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

    गुरुङको नेतृत्वमा नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जित बहादुर कुँवर, उपाध्यक्षमा प्रशान्त राज बानियाँ, अवदेस कुमार चौरासिया र श्याम तिमल्सिना चयन भएका छन् । यसैगरी महासचिवमा पूर्ण बहादुर बुढा (अजय सोडारी) चयन भएको निर्वाचन समितिका संयोजक डा अग्नि राज कोइरालाले जानकारी दिए ।

    images

    यसैगरी सचिवमा नरेश शर्मा र टार्जन राई, कोषाध्यक्षमा यज्ञमान नायक, सहकोषाध्यक्षमा सुश्मा तामाङ चयन भएको उनले बताए ।

    यसैगरी युवा संयोजक (पुरुष) अनन्त आचार्य, युवा संयोजक (महिला) रुक्मा बम, सदस्यहरूमा यम बहादुर खत्री, दीपेन्द्र रोकाया, प्रदीप तिमल्सिना, अजयकान्त कुशवाहा, संघर्ष लम्साल र खगेन्द्र जोशी चयन भएका छन् ।

    यसअघि विशेष समारोहका बीच एकताको अधिवेशनको उद्घाटन सत्र चलेको थियो । सो अवसरमा बोल्दै पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीले राष्ट्र निर्माणमा एनआरएनएको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नेपालमा लगानी गर्न अनुरोध गरे । यस्तै पर्यटन प्रवर्द्धन तथा अनेक सवालमा एनआरएनएको भूमिका महत्वपूर्ण रहेकाले नेपाल सरकारले एनआरएनए मिलेर अघि बढेको हेर्न चाहेको बताए ।

    यसैगरी उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफूले सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गर्न लागेको उल्लेख गर्दै मे ३,४ र ५ को कोरियाबाट बढीभन्दा बढी सहभागिताको अपेक्षा गरेको बताए ।

    यस्तै समितिका सदस्य विनोद कुँवरले परमादेशअनुसार एकताको महाधिवेशन हुने भन्दै कतिपयले भावनाको कुरा गरेर अलमल्याउन खोजेको बताए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाउँदै अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

    एकताको अधिवेशन भनिएपनि कार्यक्रममा बद्री केसी पक्षको एनआरएनए दक्षिण कोरियाले भने सहभागिता जनाएन । केन्द्रमै बद्री केसी पक्षले अक्टोबरमै नियमित महाधिवेशन गर्ने अडान राखिराखेकाले सोहीअनुसार दक्षिण कोरियामा केसी पक्ष सहभागी नभएको हो। केसी पक्षबाट दक्षिण कोरियामा बुद्धि गुरुङ अध्यक्ष रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार