Oct 28 2026 | २०८३ कार्तिक १२ गते

गरिमा विकास बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने

गरिमा विकास बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने

आइतवार, चैत्र २४ २०८१
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र दराजबीच सम्झौता भएको छ ।

    नयाँ वर्ष २०८२ मध्यनजर गरी गरिमा विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो ।

    images

    यस छुट योजना अन्तर्गत बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले दराजको वेबसाइट वा मोबाइल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ७ सय ५० रुपैयाँसम्म र डेबिट कार्ड होल्डर ग्राहकले १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।

    छुट योजना २२ देखि ३१ चैतसम्म लागु हुनेछ । बैंकका कार्ड होल्डर ग्राहकले यस योजना सुरु भएपछि दराजको वेबसाइट वा मोबाइल एपमा उपलब्ध हुने गरिमा विकास बैंकको नामको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार