Oct 28 2026 | २०८३ कार्तिक १२ गते

श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’- मन्त्री अर्याल

श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’- मन्त्री अर्याल

शनिवार, जेठ १९ २०८१
  • धनुषा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारूपमा शुरू गरिएको बताएका छन्।

    जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा मेलाको आज शभारम्भ गर्दै उनले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गरे । उनले भने,“ श्रमिकका धेरै समस्या आउँछन् । एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान शुरू गरिएको हो ।  सुझाव संकलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न यसले सहयोग पुर्‍याउँदछ ।” सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार