Oct 30 2026 | २०८३ कार्तिक १४ गते

वैदेशिक रोजगार

अभिमुखीकरण तालिमका लागि छुट्याइयो छ वटा देशगत समूह

अभिमुखीकरण तालिमका लागि छुट्याइयो छ वटा देशगत समूह

आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानुपूर्व दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्न छुट्याइएको  छ वटा क्लस्टर (समूह) मा पर्ने देशहरुको सूची सार्वजनिक गरेको छ । विभागले क्लस्टर कार्यान्वयनबारे यसअघि नै नीतिगत निर्णय गरिसकेको भए पनि शुक्रबार पूर्णसूची सार्वजनिक गरेको हो ।

    गन्तव्य मुलुकलाई मलेसिया, जिसिसीमा आबद्ध देशहरु, जिसिसिमा आबद्ध नभएका देशहरु, जापान र दक्षिण कोरिया, इजरायल र युरोपका देशहरु भनेर छ वटा समूहमा विभाजन गरिएको छ । जिसिसीमा आबद्ध देशमा साउदी अरब, यूएई, कतार, ओमान, बहराइन र कुवेत रहेका छन् । एसिया, अफ्रिका र अमेरिका महादेशका देशहरु जिसिसीमा आबद्ध नभएका देशको समूहमा रहेका छन् ।

    images

    विभागले अभिमुखीकरण तालिम सञ्चालन गर्न इच्छुक संस्थाहरूलाई क्लस्टर छनोट वा परिवर्तन गर्नका लागि सात दिनको समय दिएको छ । साथै एकभन्दा बढी क्लस्टरमा तालिम सञ्चालन गर्न चाहने अभिमुखीकरण तालिमप्रदायक संस्थाले पनि विभागमा निवेदन दिन सक्ने छन् । यसका लागि विभागले अनुगमन गर्दा आवश्यक जनशक्ति र पूर्वाधार भएको खण्डमा बढीमा दुईवटा क्लस्टरमा तालिम सञ्चालन गर्न अनुमति दिने जनाएको छ ।

    विभागले यसअघि पुस २२ मा नै सूचना निकालेर माघ १ गतेबाट क्लस्टरअनुसार अभिमुखीकरण तालिम सञ्चालन हुने भन्दै सात दिनभित्र क्लस्टर छनोट गर्न सूचना निकालेको थियो । त्यसपछि मुलुकभरमा २४३ वटा संस्थाले क्लस्टरअनुसार नै तालिम सञ्चालन गरिरहेको व्यवसायीहरुले बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार