Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

देउवाले भने– पूर्वराजाका नाममा गरिएको अराजकता निन्दनीय

देउवाले भने– पूर्वराजाका नाममा गरिएको अराजकता निन्दनीय

शनिवार, चैत्र १६ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा गरिएको अराजकता निन्दनीय भएको बताएका छन् ।

    नेपाली लेखक संघको अधिवेशन उद्घाटनका लागि लुम्बिनी पुगेका सभापति देउवाले राजनीतिक आन्दोलनमा निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गर्ने काम स्वीकार्य नहुने बताए ।

    images

    उनले पूर्वराजा ज्ञानेन्द्र संवैधानिक दायरामा नबसेको भन्दै उनका समर्थकहरू पनि नैतिक र कानुनी सीमाभित्र नबसेको बताए ।

    “तीनकुनेमा अराजकता देखाउनेहरूलाई राजनीतिक मान्न सकिँदैन ।  त्यस्ता अराजक गतिविधि आपराधिक क्रियाकलाप हुन्,” देउवाले भने, “पूर्वराजा ज्ञानेन्द्र शाह हिजो संवैधानिक दायरामा बसेनन्, बस्न चाहेनन् र राजतन्त्र गएको हो । अब यस्ता अराजकताबाट राजतन्त्र फर्किँदैन । बरु थप औचित्यहीन हुन्छ ।”

    देउवाले नागरिकमा असन्तुष्टि भए यही संविधान र व्यवस्थाभित्रबाट खोज्न सकिने तर योभन्दा खराब व्यवस्थाका पक्षमा नागरिक लाग्न नसक्ने बताए । 


     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार