Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न रास्वपाको माग

तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न रास्वपाको माग

शनिवार, चैत्र १६ २०८१
  • काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने क्षेत्रमा भएको घटनाबारे उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

    शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकले दोषीलाई छानबिन गरी कारबाही गर्न आयोग गठनको माग गर्ने निर्णय गरेको हो ।

    images

    “काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेका छौँ,” बैठकको निर्णयबारे प्रवक्ता मनीष झाले भने ।

    पार्टीको केन्द्रीय समिति बैठक २०८१ चैत १८ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने निर्णय पनि बैठकले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार