Oct 30 2026 | २०८३ कार्तिक १४ गते

राजावादी आन्दोलन

दुर्गा प्रसाईं मोबाइल बन्द गरेर बेपत्ता, पक्राउ गर्न खोज्दै प्रहरी

दुर्गा प्रसाईं मोबाइल बन्द गरेर बेपत्ता, पक्राउ गर्न खोज्दै प्रहरी

प्रसाईं अहिले कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन ।

शनिवार, चैत्र १६ २०८१
  • काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् । आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

    त्यस्तै राजावादी समर्थक स्वागत नेपाल पनि पक्राउ परेका छन् । भने राजावादीका संयोजक नवराज सुवेदीलाई घरमै निगरानीमा राखिएको छ ।

    images

    यस्तै राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेको छ । तर पक्राउ पर्ने सुचना पाए लगत्तै प्रसाईं मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

    काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गर्न लगाएर उनी कार्यक्रमस्थलबाट सुटुक्क गाडी चढेर भागेका थिए । त्यसपछि आफूलाई पक्राउ गर्न आउँन नपर्ने, आफू नै जहाँ बोलाउँछौं त्यहीँ आउँछु भनी प्रहरीलाई चुनौती दिएका प्रसाईं त्यसलगत्तै सम्पर्कविहीन भएका छन् । उनलाई प्रहरीले खोजी रहेको छ ।

    प्रसाईं अहिले कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन । शुक्रबार राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार