Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी

यूएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

यूएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका- ६ घर भएका ४१ वर्षीय सुवास थापा रहेका छन् । सुवासले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो ।

    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार