Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यूएईमा नेपाल फेस्टिभल हुने

यूएईमा नेपाल फेस्टिभल हुने

बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौँ । 'नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव' भन्ने नाराका साथ  यूएईको दुबईमा नेपाल फेस्टिभलको हुने भएको छ ।

    नेपाली राजदूतावास आबुधावीको संरक्षकत्व तथा नेपाल एसोसिएसन–एनआरएनए यूएईका र नेपाली समाज यूएई, नेपाल आदिवासी जनजाती महासंघ यूएई, नेपाल पत्रकार महासंघ, यूएई शाखा, क्रियाशील बिभिन्न वैचारिक संस्था तथा संगठन, जिल्ला तथा भेगीय संस्था, जातीय, क्षेत्रीय, धार्मिक तथा वर्गीय विभिन्न संघ संस्थाहरूको आयोजनामा २० अप्रिलमा दुबईस्थित क्रिक पार्कमा फेस्टिभल हुन लागेको हो । 

    images

    उक्त फेस्टिभलमा करिब १५ हजार नेपाली तथा विदेशी दर्शकहरूको उपस्थिति रहने विश्वास गरिएको नेपाल एसोसिएसन–एनआरएनए यूएईका अध्यक्ष विकास शाहीले बताए । फेस्टिभलमा नेपालको कला संस्कृति, भेसभुसा, नेपाली खाना, हस्तकला एवम्  नेपालको पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार तथा प्रवर्द्धन गरिने अध्यक्ष शाहीले जानकारी दिए ।

    फेस्टिभलमा  कलाकारहरू सन्दीप क्षेत्री, नम्रता श्रेष्ठ, शान्तिश्री परियार, अर्जुन सापकोटा, चक्र बम, एलिना चौहान, बम बहादुर कार्की, अस्मिता रनपाललगायतको प्रस्तुति रहनेछ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार