Oct 30 2026 | २०८३ कार्तिक १४ गते

आगलागी

इटहरीको सेन्ट्रल प्लाजामा आगो निभाउने क्रममा पाँच सुरक्षाकर्मीसहित ७ जना घाइते

इटहरीको सेन्ट्रल प्लाजामा आगो निभाउने क्रममा पाँच सुरक्षाकर्मीसहित ७ जना घाइते

बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं ।इटहरीस्थित सेन्ट्रल प्लाजामा भएको आगलागीमा ५ जना सुरक्षाकर्मीसहित ७ जना घाइते भएका छन्।

    सेन्ट्रल प्लाजामा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मी सामान्य घाइते भएको र दुई जना सर्वसाधारण पनि घाइते भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

    images

    उनीहरू सबैको उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।

    सुनसरीको इटहरी चोकबाट दुई सय मिटर पूर्वमा रहेको नौ तलाको भवन सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि आगलागी भइरहेको छ। अहिले आगो नियन्त्रण उन्मुख भएको प्रजिअ मिश्रले बताए।

    ‘बिहान ९ः४५ देखि आगोले ठूलो रुप लिएको हो,’ प्रजिअ मिश्रले भने, ‘त्यसबेला ११ जना भित्र फसेका थिए। हेलिकप्टर पनि मगाएका थियौं। तर काठमाडौंबाट आइपुग्न समय लाग्ने भएपछि डोरीको सहायताले सुरक्षाकर्मीले ११ जनाको उद्धार गरे।’

    उनका अनुसार अहिले १२ वटा दमकलको सहायताले आगो नियन्त्रण उन्मुख भएको छ। क्रेनको सहायताले पानी हालिरहेको र आयल निगमबाट फोम, फायरबल लगायतका सामग्री ल्याएर आगो नियन्त्रण प्रयास जारी रहेको उनले जानकारी दिए।



     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार