Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । भिसाले सञ्चालन गरेको ‘दशैं क्याम्पेन २०२४’ अन्तर्गत कुमारी बैंकका ग्राहकमध्ये गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बनेका छन् ।

    त्यसैगरी कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षीतिज भट्टराई पनि विजेता भएका छन् । भिसा कार्डमार्फत डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यसाथ सञ्चालन गरिएको उक्त अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकबाट उत्कृष्ट २५ जना भिसा कार्ड प्रयोगका आधारमा विजेता छानिएका थिए ।

    images

    विजेता दुई जनाले विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन् ।

    २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ ।

    बैंकले देशभरि रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निम्ति सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार