Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नविल बैंकको कामु सीईओमा मनोज ज्ञवाली

नविल बैंकको कामु सीईओमा मनोज ज्ञवाली

बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । नविल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत गरेको छ ।

    बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले ढुंगानाको राजीनामा चैत १० गतेदेखि नै लागु हुनेगरी स्वीकृत गरेको हो । त्यस्तै कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई तोकिएको छ ।

    images

    राष्ट्र बैंकको गभर्नर उम्मेदवार हुनका लागि ढुंगानाले राजीनामा दिएको स्रोतले जनाएको छ । ढुंगानाले २०७९ असारदेखि नबिल बैंकको सीईओ सम्हालेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार