काठमाडौं । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ। संसदमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो।
सोमबार मन्त्रिपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो।
सोही विषयलाई प्रतिष्ठा बनाएर विपक्षी दलहरूले सदन र सडकमा विरोध जनाएका छन्।



