Oct 28 2026 | २०८३ कार्तिक १२ गते

माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बुधवार, चैत्र १३ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका ५१ वर्षीय हरि बहादुर रूचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    हरि बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको   छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार