काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ परीक्षण रिपोर्ट डिजिटलाइज गरिने भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ परीक्षण रिपोर्ट डिजिटलाइज गरिने भएसँगै मेडिकल व्यवसायी उत्साहित देखिएका छन् ।
मन्त्रालयले शुक्रबार वैदेशिक रोजगारीमा जाने कामदारको गलत रिपोर्ट दिने गतिविधिमा नियन्त्रण गर्न स्वास्थ परीक्षण रिपोर्ट डिजिटललाइज गर्ने निर्णय गरेको थियो । श्रममन्त्री शरत्सिह भण्डारीले पछिल्ला वर्षमा मुख्य गरेर उच्च तापक्रमले निम्त्याउने ‘हिट स्ट्रेस’ले मुटु र मिर्गौलामा संक्रमण बढेको भन्दै यसमा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ संस्था जिम्मेवार हुनुपर्ने र मेडिकल रिपोर्टको डिजिटलाइजेसनले स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने बताउँदै आएका छन् ।
सोहीअनुसार मन्त्रालयले १३ भदौमा डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा विभिन्न क्षेत्रका विज्ञ सम्मिलित ३० सदस्यीय अध्ययन कार्यदल गठन गरेकोे थियोे । सोही प्रतिवेदन कार्यान्वयनमा ल्याउने मन्त्रालयले निर्णय गरेको हो ।



