काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका यूएई इन्चार्ज पासाङ शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गत शनिवार दुबईमा आयोजित एक कार्यक्रमका बिच उनी माओवादीमा प्रवेश गरेका हुन् ।
लामो समयदेखि यूएईमा विभिन्न सामाजिक तथा राजनैतिक क्षेत्रमा आवद्ध रहि श्रमिकको पक्षमा काम गर्दै आएका शेर्पा पछिल्लो समय ग्लोवल एनआरएनएका अध्यक्ष थिए ।
उनलाई स्वागत गर्न आयोजित कार्यक्रममा नेपाली जनप्रगतिशील मन्च युएईका अध्यक्ष लक्ष्मण खनाल, नेकपा माओवादी केन्द्र एसिया प्रदेश कमिटीका अध्यक्ष शनिकुमार ओली, सह-संयोजक हरी नेपालीलगायतको सहभागिता रहेको थियो ।
शेर्पा नेकपा माओवादी (केन्द्र) प्रवेशसँगै यूएईको नेपाली समाज तरंगित बनेको छ ।



