Oct 30 2026 | २०८३ कार्तिक १४ गते

प्रधानमन्त्रीको गुनासाे : विदेश जानेले गौरव गर्ने, सामाजिक भाष्य किन नकारात्मक ?

प्रधानमन्त्रीको गुनासाे : विदेश जानेले गौरव गर्ने, सामाजिक भाष्य किन नकारात्मक ?

बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रूपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको बताएका छन् । 

    बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताए । 

    images

    प्रधानमन्त्री ओलीले वर्तमान सरकारले राजनीतिक नियुक्ति योग्य र सक्षम व्यक्ति खोजेर नियुक्त गरेको समेत स्पष्ट पारे । मुलुकमा विकास निर्माणको कार्य तीव्र रूपमा भइरहेको प्रधानमन्त्रीको दाबी छ । 

    चालु आर्थिक वर्षको सात महिनाको अवधिमा औसत उपभोक्ता मुद्रास्फीति ४ दशमलव १६ प्रतिशत रहेको जानकारी दिँदै उनले अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५ दशमलव ०१ प्रतिशत मात्र रहेको बताए । 

    प्रधानमन्त्री ओलीले बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न बजार अनुगमन समिति सक्रिय बनाइएको भन्दै यसले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुराएको जिकिर गरे । 

    प्रधानमन्त्री ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्‍चालन गर्न सरकारले सम्बद्ध निकायसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको समेत जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार