Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट नयाँ योजना सुरु

एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट नयाँ योजना सुरु

बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट हरित बचत खाता नामक नौलो बचत खाता योजना सुरु गरेको छ ।

    यो खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिने भएको छ । ग्राहकहरुले आफ्नो लगानिको राम्रो प्रतिफल पाउनुको साथै हरित ऋणहरूमा समेत विशेष छुट पाउने छन्। खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकको भनाई  रहेको छ ।

    images

    एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली, ग्राहकले पनि जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमेलो गर्न सक्ने बैंकले जनाएको छ । सो खाता मार्फत ग्राहकले पनि आफ्नो प्रतिबद्धता जनाउनसक्ने बैंकको विश्वास लिएको  छ ।    

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार