काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसअन्तर्गत काठमाडौं उपत्यकाको ११ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ ।
क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान जारी छ । सम्बन्धित क्याम्पसका प्रमुखका अनुसार चुनाव शान्तिपूर्णरुपमा भइरहेको छ ।
उपत्यकामा चुनाव भएका क्याम्पस
थापाथली इन्जिनयरिङ क्याम्पस
पुल्चोक इन्जिनयरिङ क्याम्पस
नेपाल कमर्श क्याम्पस
आयुर्वेद क्याम्पस
महेन्द्ररत्न क्याम्पस ताहाचल
ललितकला क्याम्पस
भक्तपुर बहुमुखी क्याम्पस
सानोठिमी क्याम्पस
महारजगन्ज नर्सिङ क्याम्पस
महारजगन्ज चिकित्सा क्याम्पस
जनप्रशासन क्याम्पस
पाटन संयुक्त क्याम्पस
त्रिभुवन विश्वविद्यालयका अनुसार ४५ वटा आंगिक क्याम्पसमा स्ववियु चुनावको मतदान भइरहेको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार चुनाव हुन बाँकी क्याम्पसमा सहमतिको प्रयास भइरहेको छ ।
त्रिविको ६४ वटा अंगिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।



