Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सुनको मूल्य

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । हालसम्मका सबै रेकर्ड तोड्दै सुनको छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो ।

    यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । उक्त दिनको तुलनामा आज १ हजार १०० रुपैयाँ बढेको हो ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ।  सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार