Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई फुली लगाइदिएका हुन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो ।  थापा प्रहरीको ३१ औँ आईजीपी बन्न सफल भएका छन् ।

    images

    उनीसँगै आईजीपी हुने प्रतिस्पर्धामा सुदीप गिरी र टेकबहादुर तामाङ थिए । ३ जना प्रतिस्पर्धी मध्ये वरियतामा थापा एक नम्बरमा थिए । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थापा करिब ६ महिना प्रहरीको नेतृत्वमा रहन्छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार