Oct 30 2026 | २०८३ कार्तिक १४ गते

संसद् बैठक

इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउन पहल गर्न माग

इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउन पहल गर्न माग

सोमवार, चैत्र ४ २०८१
  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले रोजगारीका लागि इराकमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउन लागि आवश्यक कानुनी र कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।

    प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सापकोटाले मृतक तामाङको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत माग गरेका हुन् ।

    images

    दुई वर्षअघि रोजगारीका लागि इराक पुगेकी सिन्धुपाल्चोककी सुमिना तामाङको २ चैतमा मृत्यु भएको छ । घरमा काम गर्दागर्दै भुइँमा ढलेकी तामाङलाई तत्काल उपचारका लागि अस्पताल लागिएकोमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको हो । गैरकानुनी बाटो हुँदै इराक पुगेकी उनी गम्भीर रोग र शारीरिक अवस्था कमजोर रहेका कारण उनलाई नेपाल ल्याउन दुई पटकसम्म एयरलाइन्सले स्वीकृति नदिए पछि हवाई टिकट रद्द गरिएको थियो ।

    अब उनको शव नेपाल पठाउन करिब दुई महिना लाग्ने जनाइएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको एनआरएनएको तथ्याङ्क छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार