Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सिटिजन्स बैंक र ईलाइट डेन्टल स्टुडियो बीच समझदारी

सिटिजन्स बैंक र ईलाइट डेन्टल स्टुडियो बीच समझदारी

मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । सिटिजन्स बैंक र ईलाइट डेन्टल स्टुडियोबीच समझदारी भएकाे छ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशी काठमाडौँ, स्थित ईलाइट डेन्टल स्टुडियो बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हाे ।

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ईलाइट डेन्टल स्टुडियोमा १५℅ आकर्षक छुट पाउनेछन् ।

    images

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार