Oct 28 2026 | २०८३ कार्तिक १२ गते

माछापुच्छ्रे बैंकको म्युचुअल फन्डमा आवेदन खुल्यो

माछापुच्छ्रे बैंकको म्युचुअल फन्डमा आवेदन खुल्यो

बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । माछापुच्छ्रे बैंकको कोष प्रवद्र्धनमा सञ्चालन हुने एमबीएल इक्वीटी फन्डमा आवेदन खुलेको छ ।

    कुल १२ करोड इकाइ फन्ड निष्कासन हुन लागेको हो । जसमा कोष प्रवद्र्धक बैंक, योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई छुट्याएपछि बाँकी १० करोड २० लाख इकाइ सार्वजनिक रुपमा निष्कासन गरिएको छ ।

    images

    अंकित मूल्य १० रुपैयाँ रहने म्युचुअल फन्डमा न्यूनतम १ सय इकाइका लागि आवेदन दिन सकिनेछ । बन्दमुखी यस योजना बजारमा सूचीकृत भइ कारोबार समेत हुनेछ ।

    अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । छिटोमा फागुन २६ गते र सो अवधिसम्म सबै इकाइ बिक्री नभएमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार