Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आजदेखि श्रमाधान रोजगार मेला सुरु, प्रधानमन्त्रीले उद्घाटन गर्दै

आजदेखि श्रमाधान रोजगार मेला सुरु, प्रधानमन्त्रीले उद्घाटन गर्दै

बिहिवार, जेठ १७ २०८१
  • बिराटनगर । आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यका साथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’को उद्घाटन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । 

    कोशी प्रदेशको विराटनगर स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आज र भोलि हुनेछ हुने मेला देशभरका सातै प्रदेशमा आयोजना गरिनेछ । जसअनुसार जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते र बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

    images

    मेला उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू, विराटनगर महानगरपालिकाका प्रमुखलगायतका व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।

    सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको यो मेला युवाले देशभित्रै काम पाउने वातावरण बनाउने उद्देश्यका साथ आयोजना गरिएको र मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबिचको साझेदारीलाई प्रवद्र्धन गरेर लैजानु र रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुने जानकारी श्रममन्त्री अर्यालले दिए ।

    नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले मेलालाई भव्य बनाउन विशेष तयारी गरिएको बताए । ‘सरकारले उच्च प्राथमिकता दिएर आयोजना गरेको रोजगार मेलाको समुद्घाटन समारोहलाई विशेष बनाउने गरी तयारी गरेका छौं,’ उनले भने, ‘मेलामा युवाको पनि उल्लेख्य सहभागिता रहने हाम्रो विश्वास छ ।’

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रूपमा रहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले पनि मेलामा विशेष सहयोग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार