Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्षमा पाँडे चयन

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्षमा पाँडे चयन

बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको अध्यक्षमा पृथ्वीबहादुर पाँडे चयन भएका छन् ।

    बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७औं बैठकले अध्यक्षमा पाँडेलाई सर्वसम्म रूपमा सञ्चालक समिति अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

    images

    १५ फागुनमा सम्पन्न बैंकको ३८औं वार्षिक साधारणसभापछि भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदनकुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए ।

    सर्वसाधारण सेयरधनी समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कविकुमार टिबरेवाला र शालिकराम बेल्बासे निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार