Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए

एनआरएनए दक्षिण कोरियाको अधिवेशन चैत २४ मा हुने

एनआरएनए दक्षिण कोरियाको अधिवेशन चैत २४ मा हुने

बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौँ । विपिन कुमार गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) दक्षिण कोरियाको दसौँ अधिवेशन आगामी चैत २४ (अप्रिल ६) मा हुने भएको छ । दक्षिण कोरियाको राजधानी सउलमा अधिवेशन र निर्वाचन गर्ने निर्णय भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

    उनका अनुसार उच्चस्तरीय समिति सदस्य तथा एनसीसी समन्वय उपसमितिका संयोजक विनोद कुँवरको सहजीकरण  तथा प्रमुख आतिथ्यमा बसेको कार्यसमिति बैठकले अधिवेशनको टुङ्गो लगाएको हो । उनले उक्त अधिवेशनलाई दक्षिण कोरियामा पनि एकताको अधिवेशन बनाउने लक्ष्य लिइएको जानकारी दिए ।

    images

    अधिवेशनका लागि डा अग्नि कोइरालाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । जसमा सदस्य गिरिराज कुँवर र ईश्वर कठायत सदस्य छन् ।

    यस्तै बैठकले अधिवेशनका लागि संघका उपाध्यक्ष जित कुँवरलाई आर्थिक व्यवस्थापकको जिम्मेवारी तोकिएको छ भने महासचिव प्रशान्त राज बानियालाई कार्यक्रम व्यवस्थापकको जिम्मेवारी दिइएको छ ।

    यसैगरी एकता महाधिवेशनलाई समेट्न एवं समन्वय गर्न पूर्व अध्यक्ष लक्ष्मी लामा गुरुङको नेतृत्वमा समन्वय तथा सहकार्य समिति गठन गरिएको गुरुङले बताए ।

    कार्यक्रमका लागि नेपालबाट संघीय मन्त्री, एकता महाधिवेशन उच्चस्तरीय समितिका संयोजकलगायतका व्यक्तित्वहरू सहभागी हुने बताइएको छ । गत चैत २१ गते सर्वोच्च अदालतले दिएको फैसलाअनुसार केन्द्रमा एकता महाधिवेशन हुन लागेकाले दक्षिण कोरियामा पनि सोहीअनुसार गतिविधि गर्न लागिएको गुरुङको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार