Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

एक महिनामै गौतमबुद्ध विमानस्थलमा ६८ सय अन्तर्राष्ट्रिय यात्रु

एक महिनामै गौतमबुद्ध विमानस्थलमा ६८ सय अन्तर्राष्ट्रिय यात्रु

सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट एक महिनामा करिब ६ हजार ८ सय यात्रु आवागमन भएको छ ।

    विमानस्थल कार्यालयका अनुसार फेब्रुअरी २०२५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १५ उडान–अवतरण भएको थियो । तिनै उडानबाट ६ हजार ७ सय ७९ यात्रु आवागमन भएको हो ।

    images

    कार्यालयका अनुसार फ्लाई दुबईबाट २ हजार ४ सय ३, जजिरा एयरवेजबाट ३ हजार २ सय ६५, थाई एयर एसियाबाट १ हजार ९७ यात्रु आवागमन भएको थियो ।

    त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २ सय ११ यात्रु आवागमन भएको हो । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४ हजार ४० ट्रान्जिट यात्रु रहेको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार नोभेम्बर २०२४ मा उडान सुरु भएयता फेब्रुअरी २०२५ को यात्रु आवागमन संख्या हालसम्मकै उच्च हो । जनवरी २०२५ मा १ हजार ३ सय ६५, डिसेम्बर २०२४ मा ३ हजार ८ सय ७८ र नोभेम्बर २०२४ मा ४ हजार २ सय ७९ यात्रु आवागमन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार