काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी महिला संघको अध्यक्षमा प्रतिमा महर्जन निर्वाचित भएकी छन् । संघको साधारणसभा पछि भएको निर्वाचनले १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
महर्जन अरोमा इन्टरनेशनल प्रा. लि.की संचालिका समेत हुन् ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा रारा इम्प्लोइमेन्ट कन्सल्ट्यान्सी प्रा. लि.की संचालिका तारा रेग्मी, द्वितीय उपाध्यक्षमा युरोएशिया एचआर सोलुसन प्रा. लि.की संचालिका किरण सिग्देल, तृतीय उपाध्यक्षमा अक्टोपस रिक्रुटमेन्ट सर्भिस प्रा. लि.की सञ्चालिका सुनिता कर्माचार्य, महासचिवमा जेन्युन प्लेसमेन्ट प्रा. लि.की संचालिका हिरादेवी बुढाथोकी, सचिवमा कालिञ्चोक म्यानपावर प्रा. लि.की धनमाया सिञ्जाली र सहसचिवमा वीनर एचआर सोलुसन प्रा. लि.की संचालिका हेमा गुरुङ निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा सुपर्ब फरअल्टिमेट मेनपावर सर्भिस प्रा.लि.की संचालिका चन्द्रकमल श्रेष्ठ र सहकोषाध्यक्षमा सरु गुरुङ निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा अलोन ओभरसिज प्रा. लि.की संचालिका भीममाया कार्की (कल्पना केसी), रियो ओभरसिज प्रा. लि.की संचालिका रमा खड्का, प्यासिफिक ह्युमन रिसोर्स प्रा. लि.की सञ्चालिका गंगा पुन, इम्पेरियल ओभरसिज प्रा. लि.की संचालिका विद्यालक्ष्मी बज्राचार्य, अस्लेसा इन्टरनेशनल सर्भिस प्रा.लि.की सञ्चालिका निलम केसी, ग्लोबल एचआर ह्युमन रिसोर्स प्रा. लि.की संचालिका गीता राउत, युनिक ओभरसिज प्रा. लि.की सञ्चालिका तिलरुपा दाहाल र कामाख्या ओभरसिज प्रा. लि.की सञ्चालिका राधा केसी निर्वाचित भएका छन् ।



