Oct 31 2026 | २०८३ कार्तिक १५ गते

ठगी

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ घर भई ललितपुर महालक्ष्मी नगरपालिका– ४ बस्ने २४ वर्षीय मनीषराज खड्का, रुकुम पश्चिमको मुसिकोट नगरपालिका– २ घर भई काठमाडौं टोखा नगरपालिका– ३ बस्ने २७ वर्षीय मधुकुमार खड्का र ३४ वर्षीय वीरेन्द्र खड्का छन् ।

    images

    उनीहरूले अमेरिका पठाइदिछु भन्दै २ जना पीडितबाट १ करोड ४४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनीषराजलाई काठमाडौं महानगरपालिका– ९ बाट तथा मधुकुमार र वीरेन्द्रलाई काठमाडौंको टोखा नगरपालिका– ८ बाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार