Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४०औं वर्षमा प्रवेश

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४०औं वर्षमा प्रवेश

बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ४०औं वर्षमा प्रवेश गरेको छ । ३९औं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले बैंकप्रति निरन्तर सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए ।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवालाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताए । सीईओ पाण्डेले डिजिटल बैंकिङ सेवालाई थप सशक्त पार्ने प्रतिबद्धता समेत जनाए ।

    images

    ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरु प्रस्तुत गरिरहने उनले बताए ।

    बैंकले वार्षिकोत्सवको अवसरमा विगत ७ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तक प्रकाशन गर्दै आएको छ ।

    यो पटक सातौं संस्करण ‘डिजिटल बैंकिङको जादु” नामक चित्र पुस्तक सार्वजनिक गरिएको बैंकले जनाएको छ । चित्रकथामा बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउन र अभिभावकलाई आधुनिक डिजिटल बैंकिङ सेवाको प्रयोग गर्न प्रेरित गराउनु रहेको बैंकको भनाइ छ ।

    वार्षिकोत्सवमा बैंकले ग्राहकका लागि नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ ल्याएको छ । ३९ रुपैयाँ मौज्दातमै यो खाता खोल्न सकिने छ । यसैगरी एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, भर्चुअल प्रिपेड कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड सुविधा ३९ रुपैयाँमै उपलब्ध हुने बैंकले जनाएको छ । साथै लकर सुविधामा ३९ प्रतिशत छुट पाउने छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार