Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ४ जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ । गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

    ४ जनाको टोली आएको मध्ये तीन जना महिलाको साथबाट साढे ३ किलो बढी सुन बरामद गरेको छ । पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुसअनोभ छन् ।

    images

    एसएसपी राठौरका अनुसार ४ जनामध्ये एक जना पुरूष हुन् । उनको साथबाट भने सुन बरामद नभएता पनि उनीहरू एउटै समूहका हुन् । ‘उनीहरूको गतिविधि शंकास्पद रहेकाले विमानस्थलमा खटिएको प्रहरीले एक्सरेमा चेक जाँच गर्दा शंकास्पद देखिएपछि केएमसी लगेर भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको पाइयो ।’ तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएको एसएसपी राठौरले बताए ।

    उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार