Oct 30 2026 | २०८३ कार्तिक १४ गते

एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा

एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा

सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यस अन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याक किन्दा ग्राहकले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्छन् ।

    आइतबारदेखि सुरु भई ९ चैतसम्म सञ्चालनमा रहने यो अफर अन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्ने मौका पाउनका लागि ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकमध्ये कुनै एक प्याकको खरिद गर्न सक्छन् । यसरी छानिएका प्याकमा सधैं अन अन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड रहेका छन् । सधैं अनका प्याकका प्याक अनुसार ग्राहकले ५ जीबी, ८ जीबी वा १० जीबी डेटा बोनसका रूपमा पाउँछन् । होम एन्ड अवेका प्याक किन्दा ५ जीबी वा ७ जीबी थप डेटा बोनस पाइन्छ । त्यसैगरी ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्दछन् ।

    images

    सुरुवातमा एनसेल एपको विषेश अफरका रूपमा सञ्चालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेका हप्ता आइतबारका दिन ग्राहकलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागु भएको हो ।

    उदाहरणका लागि खल्तीबाट सधैं अन ७९९ को प्याक खरिद गर्दा प्याकमा पाइने अनलिमिटेड अल–नेट टक टाइम, ३० जीबी डेटा, ७९ अल–नेट एसएमएस बाहेक ग्राहकले अब थप ५ जीबी बोनस डेटा प्राप्त गर्न सक्छन् ।

    खल्तीसँगको यो साझेदारीले ग्राहकलाई डिजिटल कारोबारका लागि प्रोत्साहन प्रदान गर्ने र उनीहरूका लागि सेवामा पहुँच अझै सुलभ हुने विश्वास एनसेलले लिएको छ । यसका अतिरिक्त एनसेलले हरेक शनिबार एनसेल एपमा सञ्चालन गर्दै आएको फ्ल्यास सेललाई जारी राखेको छ । एनसेल एपबाट शनिबारका दिन सेवा खरिद गर्दा ग्राहकले बोनसका साथै २४ फागुनसम्मका लागि न्यूम्यूका सामान किन्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार