Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए विवाद

फैसला कार्यान्वयन गराउन एनआरएनएलाई सर्वोच्चको पत्र

फैसला कार्यान्वयन गराउन एनआरएनएलाई सर्वोच्चको पत्र

सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौँ । सर्वोच्च अदालतले गत चैतमा भएको फैसला कार्यान्वयन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई पत्र लेखेको छ ।

    गतवर्षको फैसला कार्यान्वयन गर्नुको साटो फैसलामाथि नै प्रश्न उठाउने काम भएको भन्दै सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले गैरआवासीय नेपाली संघको सचिवालयको नाममा पत्र लेखेको हो ।

    images

    फैसला कार्यान्वयन निर्देशनालयले संघको प्रशासनिक कामकारवाही लगायत सबै कागजपत्र उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न पत्र पठाएर निर्देशन दिएको हो ।

    पत्रमा भनिएको छ, ‘उच्चस्तरीय समितिले नयाँ समितिको निर्वाचन गर्ने प्रयोजनको लागि सम्पूर्ण कार्यालय, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामान, कागजात, दस्ताबेजहरू लगायत सम्पूर्ण सामान हस्तान्तरण गरिदिन भनी यो निर्देशन दिइएको छ ।’

    image-232.webp
    image-233.webp

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार