Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए

एनआरएनए नागरिकताको पूर्ण कार्यान्वयनका लागि गृहमन्त्री लेखकको ध्यानाकर्षण

एनआरएनए नागरिकताको पूर्ण कार्यान्वयनका लागि गृहमन्त्री लेखकको ध्यानाकर्षण

शुक्रवार, फाल्गुण ९ २०८१
  • काठमाडौ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् ।

    गृहमन्त्री लेखकसँगको भेटमा गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी मार्गप्रशस्त गर्न ध्यानाकर्षण गराएका हुन्छ ।

    images

    सो अवसरमा संसदमा जारी हिउँदे अधिवेशनमार्फत नै संविधान प्रदत्त अधिकारको उपभोग गर्न पाउने गरी कानूनी प्रावधान ल्याउन, गैरआवासीय नेपाली नागरिकता बहाक नागरिकलाई १० वर्ष भिसा शुल्क नलाग्ने प्रावधानलाई प्रतिस्थापन गर्ने कानून बनाई गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नै नचाहिने कानून बनाउन, एनआरएनए एक्टलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउन र अन्य आवश्यक ऐन तथा कानून परिमार्जनका लागि अनुरोध गरिएको थियो ।

    जवाफमा गृहमन्त्री लेखकले गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरी आउने जारी हिउँदे अधिवेशनबाटै कानुन बनाउने प्रतिबद्धता जनाएका थिए ।

    त्यसका लागि परराष्ट्र, कानून लगायत सम्बद्ध मन्त्रालयसँग छलफल भइरहेको उनले बताएका थिए । उक्त अवसरमा अन्य समसामायिक विषयबस्तुमा पनि छलफल भएको थियो । उक्त अवसरमा महिला सचिव राधिका (टीका) गुरुङ पनि उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार