Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘लाज शरणम्’को ट्रेलर रिलिज स्थगित

‘लाज शरणम्’को ट्रेलर रिलिज स्थगित

बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौँ । उच्च अदालत पाटनले फिल्म ‘लाज शरणम्’को प्रचार प्रसारमा रोक लगाएपछि ट्रेलर रिलिज स्थगित भएको छ । आजका लागि तय भएको ट्रेलर रिलिज स्थगित गरिएको फिल्म निर्माण युनिटले जानकारी दिएको छ ।

    उच्च अदालत पाटनका न्यायाधीशद्वय  लालबहादुर कुवर र हेमन्त रावलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै प्रचारप्रसारमा रोक लगाएको थियो ।

    images

    कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतको आदेशले थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमले दायर गरेको रिटमा यस्तो आदेश गरेको हो ।

    उच्च अदालतले अन्तरिम आदेश खारेज नगरेसम्म अब फिल्म प्रचार र हलमा प्रदर्शन गर्न पाइने छैन । आलमले फिल्मको पोष्टरमा आफ्नो अनुहार झल्काउने गरेर देखाइएको र जसले आफूलाई अपहेलना गरेको र विचाराधीन मुद्दामा प्रभावित पारेको भन्दै रिट दायर गरेका थिए ।

    फागुन २ गते दर्ता भएको रिटमा उच्च अदालतले मंगलबार दोस्रो सुनुवाइ गर्दे फिल्म प्रदर्शनमा रोक लगाएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार