Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ठगी

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरकाे छ ।

    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर वेलका नगरपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ३२ वर्षीया शर्मिला बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको हाे । उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

    images

    शर्मिलाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार