Oct 30 2026 | २०८३ कार्तिक १४ गते

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

बुधवार, फाल्गुण ७ २०८१
  • मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य प्रारम्भ हुनेछ। सामूहिक जमघटमा आफ्नो उपस्थितिलाई जनाउन सकिनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक कारणले मनमा अशान्त भावना जागृत हुनेछ। विवाद र झगडाबाट टाढा रहनुहोस्। सन्तानको स्वास्थलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    images

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोबलमा वृद्धि हुनेछ। पौष्टिक भोजनको सेवन गर्नुहोस् रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। रुचिको कार्यमा मन लाग्नेछ। सल्लाह दिनदेखि बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम बन्नाले मनमा उत्साह जाग्नेछ। आफ्नो सिद्धान्तलाई लिएर अडिग रहनुहोस्। व्यावहारिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भावुकतामा आएर निर्णय नलिनुहोला। कार्यक्षेत्रमा उन्नति हुनेछ। शेयर बाजारबाट मनग्य लाभ मिल्नेछ। नयाँ कार्यको रूपरेखा बन्नेछ। वरिष्ठ व्यक्तिहरूको साथ र सहयोग मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विदेशतिरबाट कुनै शुभ सूचना मिल्न सक्छ। सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। निर्णयात्मक कार्य गर्दा हतार नगर्नुहोला। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन प्रसन्न रहनेछ। रचनात्मक कार्यमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। पढाइ र प्रेममा सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सुख र धनको प्राप्ति हुनेछ। आफन्त वा मित्रहरूको सहयोग मिल्नेछ। यात्रा गर्दा सावधान रहनुहोस्। पारिवारिक जीवनमा सामान्य उतारचढाव रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम सम्बन्धमा असमझदारीले गर्दा समस्या निम्त्याउन सक्छ सचेत हुनुहोस्। आफन्तहरूको साथ र सहयोग मिल्ला। विद्यार्थीवर्गले गुरुजनको सुझावलाई ध्यान दिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतिस्पर्धीहरू हार खानेछन्। वैदेशिक रोजगारबाट लाभप्राप्त हुनेछ। स्वास्थ्यको ध्यान राख्नुहोस्। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा इच्छाशक्तिले गर्दा बिग्रेका काम पनि बनाउन सक्नुहुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। छात्र नयाँ प्रतियोगी परीक्षाको तैयारीमा व्यस्त रहनुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायको लागि गरिएको यात्रामा सफलता मिल्नेछ। परिवारलाई समय दिने प्रयास गर्नुहोला। मांगलिक कार्यको रूपरेखा बन्नेछ। घरको साज सजावटमा धन खर्चका योग छन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार